१. बढुवा सम्बन्धी पुनरावेदन
क. बढुवा विज्ञापन सूचनाको प्रतिलिपि
ख. बढुवा सिफारिस समितिको निर्णय (अङ्क तालिका सहित) को प्रतिलिपि
ग. बढुवा सिफारिस निर्णय उपर उजुरी सुन्ने अधिकारीको निर्णय प्रतिलिपि
घ. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
ङ. पुनरावेदन पत्रको प्रतिलिपि, सफ्टकपी
च. वारेस भए निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. विभागीय सजाय सम्बन्धी पुनरावेदन
क. सजाय दिने पदाधिकारीले गरेको निर्णयको प्रतिलिपि
ख. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
ग. पुनरावेदन पत्रको प्रतिलिपि, सफ्टकपी
घ. वारेस भए निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. सरुवा वदर सम्बन्धी पुनरावेदन
क. सरुवा पत्रको प्रतिलिपि
ख. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
ग. पुनरावेदन पत्रको प्रतिलिपि, सफ्टकपी
क. विभागीय सजाय, सरुवा, बढुवाको अन्तिम निर्णयको जानकारी कहिले पाएको हो, जानकारी पाएको मिति खुल्ने कागज, प्रमाण संलग्न हुनु पर्ने ।
ख. सार्वजनिक संस्थाको हकमा नेपाल सरकारको ५०% भन्दा बढी शेयर स्वामित्व वा जायजेथामा नियन्त्रण छ, छैन सो खुल्ने कागजात संलग्न हुनुपर्ने ।
ग. पुनरावेदक सो संस्थाको कर्मचारी भएको व्यहोरा खुल्ने कागजात संलग्न हुनुपर्ने ।
घ. सरुवाको हकमा सरुवा भएको कार्यालयमा हाजिर भएको प्रमाण वा कानून बमोजिमको म्यादभित्र हाजिर हुन जानेछु भनी पुनरावेदन पत्रमा खुलाएको हुनुपर्ने ।
ङ. सम्बन्धित सार्वजनिक संस्थाको कर्मचारीको सेवा, शर्त सम्बन्धी कानूनको प्रतिलिपि संलग्न हुनुपर्ने ।